२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

अ+ अ-

बनेपा (काभ्रे)। चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन् ।

यो पर्वमा मौलिक बाजा बजाउँदै  हाकुपटासी पहिरेका महिलाले बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताका मन्दिरको परिक्रमा तथा  दर्शन गर्ने परम्परा छ । 

पर्वमा विशेषगरी नौ बाजा बजाउने चलन छ । पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायतका सहायक बाजा बजाइन्छन् । गुँला पर्वमा  बजाइने भएकाले यी वाद्ययन्त्रलाई गुँला बाजा भन्ने गरिन्छ ।

बनेपामा वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजन, धा, ता:, बाँसुरीलगायतका परम्परागत बाजाको धुनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखोनीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरले बताए। यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलन छ ।

गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक सङ्गीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो । लोपोन्मुख मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु पर्वको उद्देश्य भएको अध्यक्ष मानन्धरले बताए । 

यही पर्वमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमाको संस्कारमा सहभागी गराइन्छ ।

0 Comments