काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आग्रह गरेको पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए






