२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा: ६५ जना लाभान्वित

अ+ अ-

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ बिसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए । देवीका परिवारले त्यो दिन त्यसै गरे । पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्‍यो ।

पैँतिस वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानलाई जन्म दिइन् । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किएकी देवी यस पटक पालिकाको एम्बुलेन्सले नै घर पुर्‍याइदियो । ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । पालिकाबाट नि:शुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पुर्‍याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले बताए । गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका हुन् । २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधा सम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ । 

0 Comments