२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चोभारको निकासमा समस्या आए काठमाडौँमा फेरि प्रलय हुनसक्छ, विकल्प खोज्नुपर्छ’ : मदनकृष्ण श्रेष्ठ

अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।

चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठुलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।

काठमाडौँ महानगर प्रहरी बलको आइतबार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौँमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए । उनले चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए । काठमाडौँको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।

एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए। श्रेष्ठले पछिल्ला बाढी पहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताए । विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उनको भनाइ छ । रसुवा भोटेकोशी, सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसंग उल्लेख गर्दै उनले त्यहाँ बस्ती र होटेलसहितको क्षेत्र नै बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति सतर्क हुनुपर्ने देखाएको बताए । हिमालमा रहेका हिमतालहरू फुट्ने सम्भावना रहेकाले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा रहेका सहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ । उनले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोबल वार्मिङको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको बताए ।

भारत, चीन र अमेरिकालगायतका मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पुर्‍याएको र त्यसको असर नेपालीले समेत भोग्नुपरेको उनको भनाइ छ ।
उनले भने, ‘कानूनी राज्य बन्नुपर्छ र कानूनको पालना हुनुपर्छ । त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन । बाढी पहिरोपछि एउटा कुरा मनमा आयो। सोलुखुम्बुको थामेमा आएको बाढीले त्यहाँको बस्ती नै बगायो । म पनि त्यहाँ गएको छु । होटेलहरू र मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ एक छिनमा तहसनहस भएको दृश्य कल्पना गर्न पनि गाह्रो हुन्छ । जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असर संसारभरि देखिन थालेको छ । विकास आवश्यक छ, तर त्यो व्यवस्थित र वातावरणमैत्री हुनुपर्छ। अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर अन्ततः नेपालजस्ता देशले पनि भोग्नुपरेको छ । नेपालमा हिमताल फुट्ने जोखिम पनि छ । त्यसैले भविष्यमा आउन सक्ने विपद्बाट जोगिन हामी अहिले नै सतर्क र पूर्वतयारी अवस्थामा रहनुपर्छ । काठमाडौँ उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठुलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ । चोभारको निकास क्षमता पर्याप्त नभए ठुलो विपद् निम्तिन सक्छ । त्यसैले महानगरपालिकालाई एउटा सुझाव दिन चाहन्छु–चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ । अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् । त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ । चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ ।’

श्रेष्ठले कानूनी राज्यको आवश्यकतामा पनि जोड दिए। कानूनको पालना गराउने क्रममा महानगर प्रहरीले सही काम गरेको भन्दै उनले त्यसका लागि पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

0 Comments