काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका विभिन्न पदहरूमा बढुवाका लागि आवेदन आह्वान गरेको छ। आयोगले स्थानीय सेवातर्फका नवौँ र सातौँ तहका अप्राविधिक तथा प्राविधिक पदहरूमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि सूचना जारी गरेको हो।
आयोगले सूचना नम्बर ०८/२०८३-८४ जारी गर्दै तोकिएको न्यूनतम योग्यता र सेवा अवधि पुगेका सम्भाव्य उम्मेदवारहरूबाट औपचारिक दरखास्त माग गरेको छ।







