३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध संकलन केन्द्र (डेरी)खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् ।

सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ । “सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहरनै चलेको छ”, स्थानीय किसान गोपाल पोखरेलले भने, “चोक्कर, पराललगायत पशु आहाराको मूल्यवृद्धि हुँदा अझै दूधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दूधको मूल्यसमेत बढाउनु आवश्यक छ ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिइन्छ । सिधै किसानले नगद रकम अनुदान पाउँछन् । 

गत आर्थिक वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले बताए। उनका अनुसार ४४ लाख लिटर दूधको अनुदान दिइएको थियो । दूध उत्पादन, संकलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम किसानले पाउने गरेका छन् । 

“दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट किसानहरू दूध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुनका लागि प्रोत्साहित हुनुभएको छ”, कार्यालय प्रमुख न्यौपानेले भने । 

गत वर्ष यस कार्यक्रमअन्तर्गत २७ वटा दूध संकलन संस्था/केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध संकलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध संकलन प्रणालीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुगेको छ । उत्पादनमा आधारित अनुदानसँगै पाडीबाछी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ ।

यस कार्यक्रममा कोरली बाछी र कोरली पाडी हुर्काउनका लागि किसानलाई रु १० हजारका दरले अनुदान दिइने गरेको छ । यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र ३५५ बाछी हुर्किइ माउ बन्न योग्य भएको र दूधालु पशुको सङ्ख्यामा ४५४ ले वृद्धि भई यस वर्ष १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने कार्यालयको अनुमान छ ।

कास्की जिल्लामा कूल एक लाख २० हजार ५७२ घर परिवार रहेकामा ५२ हजार ३२३ परिवार पशुपालनमा आबद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

0 Comments