३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीमा कडा सुरक्षा व्यवस्थाबीच नयाँ शैक्षिक सत्र शुरु, विद्यालय आक्रमणपछि परिवारमा चिन्ता

अ+ अ-

टर्की । टर्कीमा २०२६-२७ शैक्षिक सत्र शुरु भएको छ । यसपटक विद्यालयहरूमा प्रहरीको उपस्थिति, नियन्त्रित प्रवेशद्वार तथा थप सुरक्षा कर्मचारी परिचालन गरिएको छ । अप्रिलमा भएका दुई विद्यालय आक्रमणपछि विद्यार्थी तथा परिवारलाई सुरक्षित वातावरणको भरोसा दिलाउन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

 देशभर करिव १ करोड ७० लाख विद्यार्थी कक्षाकोठामा फर्किएका छन् । राजधानी अंकारामा आफ्ना छोराछोरीलाई विद्यालय पुर्‍याउन आएका अभिभावकहरूले बढाइएको सुरक्षा व्यवस्थालाई स्वागत गरे पनि केहीले यसअघिका घटनाले परिवारमा भावनात्मक असर पारेको बताएका छन् ।

अप्रिल १४ मा दक्षिणपूर्वी टर्कीको सान्लिउर्फा प्रान्तको सिभेरेकस्थित विद्यालयमा भएको गोली प्रहारमा १६ जना घाइते भएका थिए । त्यसको भोलिपल्ट कहरामनमारासमा अर्को विद्यालय आक्रमण भएको थियो। यी घटनापछि विद्यालय सुरक्षाबारे व्यापक चिन्ता बढेको थियो । पाँचौँ कक्षाका विद्यार्थीका पिता एम्रे याल्चिनले पनि आफ्ना बालबालिकामा घटनाको असर परेको बताए । उनले सुरक्षा उपाय पर्याप्त देखिए पनि अत्यधिक सुरक्षा व्यवस्थाले विद्यालयको सामान्य वातावरण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे । 

टर्कीका अधिकारीहरूकाअनुसार विद्यालयहरूलाई जोखिमको स्तरअनुसार वर्गीकरण गरी विद्यालय प्रहरी, सुरक्षित शिक्षा समन्वय अधिकारी र गस्ती टोली परिचालन गरिएको छ । विद्यालय तथा स्कुल बस वरपर लागुऔषध, ट्राफिक सुरक्षा र साइबर सुरक्षासहित विभिन्न विषयमा नियमित निरीक्षण गर्ने योजना पनि छ । शिक्षा मन्त्रालयले विद्यालयहरूलाई प्रवेश तथा बाहिरिने प्रक्रियामा नियन्त्रण कायम गर्न, सम्भावित जोखिमको समीक्षा गर्न र सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ । 

यसअघि अप्रिलका घटनापछि टर्कीका गृह तथा शिक्षा मन्त्रालयले ८१ वटै प्रान्तमा विद्यालय र वरपरको सुरक्षा पुनरावलोकन गर्दै थप सुरक्षा उपायबारे निर्णय गरेका थिए । 

0 Comments