काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला रु. दुई हजार ३०० र चाँदीको मूल्य रु. ६० घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ६२५ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु. तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु. चार हजार ६८५ कायम भएको थियो ।






