३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छ’ : पुर्वअर्थमन्त्री डा. खतिवडा

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताएका छन् ।

काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 उनले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताए ।  पूर्वगभर्नरसमेत रहेका उनले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रूपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताए। अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उनको भनाइ छ । उनले ग्रे लिस्टबाट बाहिरिनका लागि अन्तर्राष्ट्रिय निकायले कार्यान्वयन र परिणाम खोज्ने बताए । त्यसको लागि सरकारले विश्वसनीय रूपमा काम गरेर परिणाम देखाउनुपर्ने उनको भनाई छ । ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उनले बताए। नेपाललाई विगतमा ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उनले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘हामी यो घरजग्गाको मूल्य, सेयर बजार, यो त आन्तरिक चक्करमा परिरहेका छौँ । यदि हामी ग्रे लिस्टबाट निस्कन सकेनौँ भने बैंकिङ सिस्टममा के होला ? तपाईंहरूको इन्टरनेसनल ट्रेड के होला रु क्यापिटल फ्लो के होला रु ग्रे लिस्टबाट निस्कन भनेर बैंकरहरूलाई च्याप्पच्याप्पी पकडेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ । सरकारले क्रेडिब्ली काम गर्नुपर्‍यो र रिजल्ट देखाउनुपर्‍यो । त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ ।’

नेपाल ग्रे लिस्टबाट बाहिरिनका लागि सरकारले आवश्यक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । 

0 Comments