४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारी बैंकिङ र घरजग्गामै केन्द्रित हुँदा समस्या आयो’ : देव गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई बचत तथा ऋण परिचालन र अनुत्पादक क्षेत्रमा केन्द्रित हुँदा अहिलेको समस्या सिर्जना भएको बताएका छन् ।

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा गुरुङले सहकारीको ठूलो हिस्सा अर्धबैंकिङ वा माइक्रोफाइनान्सको शैलीमा सञ्चालन हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको दाबी गरे ।

उनका अनुसार करिब ६० देखि ६५ प्रतिशत सहकारी बचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएका छन् । सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा पर्याप्त हुन नसकेको र ठूलो हिस्सा घरजग्गालगायत सेवामुखी क्षेत्रमा गएको उनको भनाइ छ ।

गुरुङले सहकारीको कुल ऋण लगानीमध्ये करिब ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गरे । कृषि उत्पादनमा भने मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको र सेवामुखी क्षेत्रमा ३० देखि ३५ प्रतिशत लगानी रहेको उनको भनाइ छ ।

औद्योगिक तथा घरेलु उत्पादनमा सहकारीको लगानी अझै न्यून रहेको उल्लेख गर्दै उनले औद्योगिक क्षेत्रमा करिब ०।८५ प्रतिशत मात्रै लगानी भएको दाबी गरे ।

उनले सहकारीको संरचना नै उत्पादनमुखी हुन नसकेको भन्दै अहिले देखिएको सहकारी संकटलाई यही प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने बताए ।

‘सहकारीहरू उत्पादनको दिशातर्फ जानुको सट्टा बैंकिङको प्रिन्सिपलबाट जान थाले । वैचारिक रूपमा विचलन त्यहीँबाट सुरु भयो,’ गुरुङले भने ।

सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन कानुनी व्यवस्था गरे पनि व्यवहारमा त्यसअनुसार लगानी हुन नसकेको उनले बताए । सहकारीको लगानी उत्पादनसँग जोडिन नसक्दा सहकारी संस्था आफैँ समस्यामा पर्ने अवस्था आएको उनको भनाइ थियो ।

उत्पादनसँग जोड्न बजारको ग्यारेन्टी आवश्यक
गुरुङले सहकारीलाई उत्पादनमुखी बनाउन राज्यले सहकारीबाट उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सहकारीलाई कृषि तथा अन्य वस्तु उत्पादनमा लगानी गर्न प्रोत्साहित गर्ने तर त्यही वस्तुको बजार सुनिश्चित नगर्ने हो भने सहकारीले उत्पादनमा लगानी गर्ने वातावरण नबन्ने उनको तर्क छ ।

उनले सहकारीबाट उत्पादित वस्तुको बजार संरक्षणसँगै बाह्य वस्तुको निर्बाध आयातले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धामा कमजोर बनाउने दाबी गरे । उत्पादनको बजार सुनिश्चित भएपछि मात्रै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

‘कडा नियमन र कानुनी व्यवस्था आवश्यक’
सहकारी क्षेत्रमा देखिएको ठगी तथा वित्तीय समस्याको समाधानका लागि राज्यले कडा नियमन र प्रभावकारी कानुनी व्यवस्था लागू गर्नुपर्ने गुरुङले बताए ।

उनका अनुसार सहकारी क्षेत्रमा ठूलो परिमाणमा समस्या अझै विद्यमान रहेकाले हालकै संरचना र कार्यशैलीबाट मात्रै समस्या समाधान गर्न कठिन छ ।

राज्यले सहकारी क्षेत्रलाई संरक्षण गर्ने नीति लिनुपर्ने र सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षणमा समेत भूमिका खेल्नुपर्ने उनले बताए ।

सहकारीको विकासलाई उत्पादन, बजार र अर्थतन्त्रको समग्र संरचनासँग जोडेर हेर्नुपर्ने धारणा राख्दै गुरुङले सहकारीको अहिलेको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले सहकारी क्षेत्रमा देखिएको संकटलाई वित्तीय प्रणाली तथा अर्थतन्त्रको समग्र संरचनासँग समेत जोडेर व्याख्या गरेका छन् ।

0 Comments