काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक शुरु भएको छ ।
सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक जारी रहेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
विशेष गरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण र आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा बैठकमा छलफल भइरहेको छ । बैठकले केन्द्रिय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तथा अन्य समसामयिक विषयहरूलाई अन्तिम रूप दिने तयारी गरेको छ । केन्द्रिय कमिटीको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयले तयार पारेको कार्यसूचीलाई नै आधार मानिने छ ।






