६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।

पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज ९ गतेदेखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । प्रदर्शनीमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत कक्ष राखी आफ्ना प्रकाशन तथा पुस्तक प्रदर्शनी तथा बिक्री–वितरण गर्ने अवसर प्रदान गरिने जानकारी दिइयो ।

उक्त प्रदर्शनीमा सहभागी हुन चाहने इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई सहभागिताका लागि प्रतिष्ठानले आह्वान गरेको छ । सहभागिताका लागि इच्छुक प्रकाशन गृह–संस्थाहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

इच्छुक प्रकाशन गृह/संस्थाले आफ्नो नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना खुल्ने गरी निवेदन पेस गर्नुपर्नेछ । प्रतिष्ठानका अनुसार, प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तक प्राथमिकताका साथ राख्न सकिने छ ।

प्रत्येक सहभागी प्रकाशन गृह–संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले नि:शुल्क कक्ष उपलब्ध गराउनेछ ।

0 Comments