काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
पार्टी केन्द्रीय कमिटीको बैठक जारी रहेका बेला आज सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । साथै, बैठकमा केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्ति तथा स्थायी कमिटी र पोलिटब्युरो गठनबारे पनि छलफल हुने जनाइएको छ ।
केन्द्रीय कमिटी बैठक अपराह्न १२ बजेबाट सुरु हुँदै छ ।






