८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी करिब १० घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी तथा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईँका अनुसार तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका छन् ।

आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाका दुई वटा दमकलसमेत प्रयोग भइरहेको छ । आगो थप फैलिन नदिन सुरक्षाकर्मी, दमकल कर्मचारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत कारण भने आगो नियन्त्रणमा आएपछि थप अनुसन्धानबाट खुल्नेछ ।

दोभान बजारमा करिब ५० घरधुरी रहेको बताइएको छ । आगलागीबाट अन्य घरमा समेत क्षति पुग्न सक्ने जोखिम रहेकाले नियन्त्रणको प्रयास तीव्र पारिएको र करिब ९० प्रतिशत आयो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

0 Comments