९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

अ अ+ अ-

नारायणगढ (चितवन) । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । भदौमा २० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तै, २७ जना घाइते भएको कार्यालयका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु थापाले जानकारी दिए।

सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार ५५२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट रु ३१ लाख ४८ हजार ५०२ राजस्व संकलन भएको थापाले जानकारी दिए।

साउनमा एक हजार ८१० सवारीसाधनलाई कारबाही गरी रु १५ लाख ५१ हजार राजस्व संकलन गरिएको थियो । भदौमा एक हजार ७४२ वटा सवारीसाधनलाई कारबाही गर्दा रु १५ लाख ९७ हजार ५०१ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, आव २०८२/८३ मा चितवनमा जम्मा ५४५ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १०५ जनाको मृत्यु भएको थियो भने ९०२ जना घाइते भएका थिए । गत आवमा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ८० सवारीसाधनलाई कारबाही गरिएको थियो । ती कारबाहीबाट रु एक करोड ७५ लाख ७७ हजार ५०३ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी नायब निरीक्षक थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारण लक्षित सचेतनामूलक कार्यक्रमलाई कडाइका साथ सञ्चालन गरिँदै आइएको बताए । 

0 Comments