९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुराना दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा मधेस केन्द्रित राजनीति अघि बढ्न सक्दैन’ : रामकुमार शर्मा

अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 

उनले मधेशवादी दलहरू विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा लागेको आरोप लगाए । नेताहरूको केन्द्रिकृत सोच र अहंकारको कारण मधेश प्रदेशको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ छ । 

उनले मधेस, थरुहट तथा उत्पीडित समुदायको राजनीतिलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्ने बताए । उनले गत वर्षको जेन जेड आन्दोलनपछि संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध मधेसी शक्तिहरूबीच एकताका लागि पटक-पटक प्रयास भए पनि केही नेतृत्वको हठ, अहंकार र पदप्रतिको आसक्तिका कारण एकता हुन नसकेको बताए । त्यसको परिणामस्वरुप गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस केन्द्रित दलहरूले शून्यतामा झरेको उनको भनाइ छ ।

उनले दलहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै पुरानो नेतृत्वले मार्गदर्शक सल्लाहकारको भूमिका निर्वाह गर्नुको विकल्प नरहेको पनि बताए । मधेसी नेताहरूमाथि लागेको भ्रष्टाचार तथा अनियमितताको आरोपले समेत मधेसलाई नैतिक बल मिल्न नसकेको उनको दाबी छ ।

उनले भने, ‘जेन-जी मुभमेन्ट लगत्तै संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध सबै मधेसीहरू बीच एकताको धेरै प्रयासहरू भए । तर केही नेतृत्व वर्गको हठ, अहंकार र पदप्रतिको आशक्तिले तत्कालीन समयमा एकीकरण सम्भव भएन र चुनावमा पनि न मोर्चाबन्दी रह्यो न एकल चुनाव चिन्ह प्रयोग गरेर चुनावमा भाग लिए । परिणामस्वरुप गत चुनावमा मधेस केन्द्रित सबै राजनीतिक दलहरूको लज्जास्पद हार भयो, अस्तित्व माथि नै प्रश्न उठ्न थाल्यो । निर्वाचनको परिणाम पछि दबाब स्वरुप सबै मधेश केन्द्रित दलहरूले एकीकरण र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको अभियान नै चल्यो । तर शून्यतामा पुगेपछि पनि केही नेतृत्वकर्ताले जनभावना र समयको पदचापलाई अनुभूति गर्न चाहेनन् र फेरि एकचोटी एकीकरणको प्रयास विफल भयो । यस्तो अवस्थामा केही दलका नेतृत्वकर्ता एवं प्राय: सबै पार्टीका दोस्रो-तेस्रो पुस्ताका नेताहरू र केही नागरिक समाजका अगुवा तथा बुद्धिजीवीहरुले बारम्बार संयुक्त रूपमा बसी के निष्कर्ष निकाले भने अबको समयमा कुनै एउटा पुरानो पार्टीको नेतृत्वमा, पुराना टेस्टेड नेताहरूको नेतृत्वमा मधेस, थरुहट वा उत्पीडितहरूको राजनीति अगाडि बढाउन सकिने अवस्था छैन । समाजमा युवा पुस्ताको नेतृत्वले अगाडि बढ्नुपर्ने र पुराना नेताहरू मार्गदर्शक, सल्लाहकार र अभिभावकको रूपमा सहयोग गर्नुपर्ने हुन्छ । तसर्थ पुराना नेताहरुले गरेका राम्रा कामहरूको कदर गर्दै एउटा साझा शक्तिशाली राजनीतिक संगठन निर्माणको औचित्य र आवश्यकता महसुस गरी यो अभियान सञ्चालन गर्ने र सबैलाई स्वीकार गर्न कठिन नहुने सक्षम, इमानदार र योग्य युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै समय सापेक्ष मुद्दा, एजेण्डा, सिद्धान्त र आफ्नो मौलिक विचारको आधारमा भूराजनीतिलाई सन्तुलित राखी अगाडि बढ्नुपर्ने हाम्रो ठोस निष्कर्ष छ ।’

उनले मधेसको राजनीतिलाई एकताबद्ध बनाई पुनर्जागरण गर्नु हुंकार अभियानको लक्ष्य रहेको उल्लेख गरे ।

0 Comments