१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने

अ अ+ अ-

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ । 

पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

 पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उनले बताए। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय प्रणाली बिस्तारै नेपालतर्फ सर्दै गएको उनले बताए। यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उनको भनाई छ । 

उनकाअनुसार आइतबार दिउँसोसम्म बागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्ने उनले बताए। पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उनको भनाई छ । केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उनले बताए। लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उनको सुझाव छ । 

उनले भने, ‘अहिले न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रहरूतिर अवस्थित रहेको छ । त्यो बिस्तारै नेपालको नजिक नजिक आउने, तर कमजोर रूपमा आउने भएतापनि पश्चिमी भूभागहरू गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्षेत्रहरूमा यसले प्रभाव बढी पार्ने देखिन्छ । 

भोलि दिउँसोसम्मको लागि यसको प्रभाव बागमतीदेखि पश्चिमको भूभागहरू, बागमती प्रदेशको पनि पश्चिमी भूभागहरू, मधेस प्रदेशको पनि पश्चिमी भूभागहरू र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको सबैजसो भूभागहरूमा यसको प्रभाव देखिनेछ । धेरैजसो ठाउँमा मध्यम वर्षा र केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । विगतमा भएको वर्षा र अब हुने वर्षाको कारणले पहाडी भूभागहरू, कमजोर पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम एकदमै धेरै रहेको छ । सडक यातायातमा पनि यसले प्रभाव पार्ने अवस्था देखिन्छ । त्यो कारणले गर्दाखेरि सर्वसाधारणहरूले भोलीसम्मको लागि यात्राको योजना नबनाउनु होला । यदि अति आवश्यक अवस्था छ भने प्रहरीसँग सम्पर्कमा रहेर बाटोको अवस्था कस्तो छ, बुझेर मात्र यात्रा गर्नुहोला । किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला । अहिले नेपालको पूर्वी भूभागबाट चाहिँ बिस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ । र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३–४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलीसम्मको लागि रहेको हुनाले त्यो क्षेत्रहरू बढी जोखिम हुनेछ । पर्सी सोमबारबाट चाहिँ देशभरिनै मौसम सुधार हुने देखिन्छ । त्यसपछाडि आफ्नो कार्यहरू गर्ने योजना बनाउने हुन अनुरोध गर्दछु ।’

लामिछानेकाअनुसार सोमवारदेखि भने देशभर मौसममा सुधार आउने सम्भावना छ । त्यसपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन उनले आग्रह गरे । 

0 Comments