मनाङ । निरन्तर वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सेवा पनि प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विद्युत् सेवा पुन: सञ्चालन गर्न प्राविधिक टोली फिल्डमा खटिएको छ।






