११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोलेन्द्रलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गर्न पुगेको आफ्नो टोलीलाई प्रहरीले रोक लगाएको घटनाप्रति आपत्ति जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको टोली आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनुगमनका लागि पुगेको उल्लेख छ। तर, कार्यालयको प्रवेशद्वारमै टोलीलाई रोकिएको र करिब ४५ मिनेट प्रतीक्षा गर्दा पनि जबरासँग भेट गर्न नदिइएको आयोगले जनाएको छ।

जबराको अवस्था तथा मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोगको टोली टेकु पुगेको थियो। भेटको अनुमति नपाएपछि टोली जबरालाई नभेटी फर्किएको हो।

आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाह गर्ने क्रममा प्रहरीबाट अवरोध सिर्जना गरिएको भन्दै घटनाप्रति खेद प्रकट गरेको छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

त्यस्तै, आयोगले पूर्वप्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे पनि ध्यानाकर्षण भएको जनाएको छ। जबरालाई आइतबार राति महाराजगञ्जस्थित निवासबाट टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा लगिएको थियो। प्रहरी पक्षले भने उनलाई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको बताएको छ।

आयोगले राज्यका निकायले आफ्नो संवैधानिक तथा कानुनी अधिकार र दायित्वको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

0 Comments