११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले मालढुंगा पुलको बेस भत्कायो, बागलुङ-पर्वत आवतजावत ठप्प

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षापछि उर्लिएको कालीगण्डकी नदीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको आधारमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको आवतजावत ठप्प भएको छ।

गएरातिदेखिको वर्षासँगै नदीमा पानीको बहाव बढ्दा पर्वततर्फबाट पुल प्रवेश गर्ने स्थानमा केही मिटर सडक तथा बेस भासिएको हो। पुलमा क्षति पुगेपछि सवारीसाधनसँगै पैदलयात्रुको आवतजावतसमेत रोकिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

मालढुंगा पुल बागलुङ सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रलाई पर्वत हुँदै अन्य जिल्लासँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको छ। पुलमा क्षति पुगेपछि बाग्लुङतर्फको यातायात सम्पर्क प्रभावित भएको छ।

यसैबीच, कालीगण्डकी नदीको तीव्र कटानका कारण पर्वतस्थित मालढुंगाको माझी बस्तीसमेत प्रभावित भएको छ। नदी कटानले हालसम्म करिब १० घर बगाएको प्रहरीले जनाएको छ।

बाढीका कारण बागलुङ सदरमुकाममा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। विद्युत् आपूर्ति बन्द भएपछि टेलिफोन तथा सञ्चार सेवा पनि प्रभावित भएको जनाइएको छ।

लगातारको वर्षा र नदीको बढ्दो बहावका कारण पुल तथा आसपासका बस्तीमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले अवस्था निगरानी गरिरहेका छन्।

0 Comments