काठमाडौँ । नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले ‘गौरवता नेपाल’ परियोजना सञ्चालन हुने भएको छ ।
नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले उक्त परियोजना सञ्चालन गर्ने भएको हो ।
आईतवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मलेनमा बोल्दै एलजे ग्रुपका अध्यक्ष फिरोज सिंहले नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले उक्त परियोजनाको सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार उक्त परियोजनाको अगामी १० अक्टोवरमा काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित ल्याब्रोटोरी स्कुलमा चर्चित लोक-रक ब्याण्ड ‘नेपथ्य’को आयोजना गर्दै शुभारम्भ गरिने छ । यसअघि सिंहले सिंहले सन् २०१० मा कीर्तिपुरमा नेवा रेस्टुरेन्ट सञ्चालन गर्दै नेवारी संस्कृति, परिकार र परम्पराको प्रवर्द्धन गर्न शुरु गर्नुभएको थियो । यस संस्थाले सन् २०१५ साल (वि.स. २०७२) सालको भूकम्पपछिको खोज, राहत र पुन:स्थापनादेखि नेपालमा परोपकारी काम गर्दै आएको अध्यक्ष सिंहले बताए ।
‘हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने नारा सहित नेपालको संस्कृति र सम्पदाको प्रचारप्रसारमा जुट्ने परियोजनाको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।






