काठमाडौँ। आगामी दशैँ, तिहार तथा छठ लगायतका ठूला चाडपर्वहरूमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ।
संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने कार्यसूची रहेको छ।
चाडपर्वको समयमा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूको चाप अत्यधिक हुने भएकाले सडकको अवस्था, सवारी साधनको उपलब्धता, भाडा दर नियन्त्रण तथा यात्रु सुरक्षाका विषयमा बैठकमा मुख्य रूपमा छलफल हुनेछ।






