१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू-फ्री’ प्रणाली प्रभावकारी बनाइने

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।  

सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाउन् र सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिए ।

डीएसपी शाहकाअनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रस्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ । 

टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिए । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आबद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन सुझाव दिए । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकको खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । 

उनले भने, ‘बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने वा एउटै सिटको टिकट दुई–तीन जनालाई विक्री गर्ने जस्ता समस्या अनुगमन गर्न नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । त्यहाँ नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहने व्यवस्था भए यात्रुका समस्या तत्काल समाधान गर्न सहज हुनेछ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिदिँदा यात्रु र यातायात व्यवसायीबीच हुने विवाद पनि कम हुन्छ । साथै, टिकट काट्ने व्यक्तिको परिचयपत्र र सम्बन्धित समितिको विवरण स्पष्ट हुने व्यवस्था गरिएमा ट्राफिक प्रहरीलाई पनि अनुगमन गर्न सहज हुनेछ । दुर्घटना न्यूनीकरणका लागि क्यु फ्री गर्दा सम्बन्धित गन्तव्यमा नियमित चल्ने बसलाई नै प्राथमिकता दिनुपर्छ । उदाहरणका लागि, झापा जाने बस झापाकै र पोखरा जाने बस पोखराकै रुटमा चलाउँदा चालकलाई बाटोको अवस्था, घुम्ती तथा जोखिमयुक्त स्थानबारे राम्रो जानकारी हुन्छ र दुर्घटनाको जोखिम कम गर्न सकिन्छ । दशैँको समयमा सबैभन्दा बढी जाम हुने कलंकीदेखि नागढुंगासम्मको क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनेछौँ ।’

दशैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलंकी–नागढुंगा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ । चाडपर्वको ४ दिन अगाडिदेखि हुने अत्यधिक ट्राफिक दबाबलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने प्रतिबद्धता पनि उनले जनाए । 

0 Comments