१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु

अ अ+ अ-

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुंगा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।

नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उनले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”

उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकियो भने स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिए । “विस्फोट गराइ चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ”, उनले भने, “एक्साभेटरले अडिएका ढुंगा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्‍याउनेछ ।”

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुंगाले मर्स्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुर्‍याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उनको भनाइ छ ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय ङिस्याङ गाउँपालिका–४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना विद्युतगृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध  छ । यसअघि २०७८ सालमा सोही घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो। 

0 Comments