१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केलादीघाटमा सवारी आवागमन बन्द

अ अ+ अ-

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका-३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ ।

कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताए । “सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनमा पुलमा तत्काल सवारी सञ्चालन गर्न उपयुक्त नदेखेपछि रोक लगाएका हौँ”, उनले भने, “काठमाडौँबाट थप विज्ञ टोली पुलको निरीक्षणमा आउँदै हुनुहुन्छ, उहाँहरूको सुझावका आधारमा पुलको मर्मतपछि मात्रै सवारी सञ्चालन गरिनेछ ।”

पुल सञ्चालमा ल्याउन केही समय लाग्ने भएपछि तत्काललाई चापाकोट ७ र रापपुर ६ जोड्ने गौरीघाटको पुललाई वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने उक्त सडकले तनहुँको भिमाद–स्याङ्जाको केलादीघाट–पाल्पाको रामपुर–मित्याल र नवलपुरको अरुण खोला जोड्दै आएको छ । पुलमा क्षति पुगेसँगै उक्त सडक भएर यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न पर्दा सास्ती खेप्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट–६ वडा कार्यालयसँगको समन्वयमा पुलमा सवारीसाधन तथा मानिसलाई आवतजावतमा रोक लगाएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बताए ।

चापाकोट १० किसान र रामपुर–१० होस्दी जोड्ने कालीगण्डकीमा भर्खरै मात्रै निर्माण भएको पुलमा पनि सवारी आवागमन बन्द गरिएको छ । बाढीले पुलमा खास ठूलो क्षति नगरे पनि पुलसम्म पुग्ने पहुँच मार्ग भासिएकाले सवारी आवागमन बन्द गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

0 Comments