१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई चन्द्रागिरिमा बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट ६५० लिटर तयारी मदिरा र चार हजार लिटर मदिरा बनाउन प्रयोग गरिने झोल पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त टोलीले मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न भाँडाकुँडा र चुलोसमेत नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कलंकी पठाइएको छ । रासस

0 Comments