१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले अवरुद्ध कान्तिलोक पथ एकतर्फी सञ्चालनमा

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्तिलोक पथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । असोज महिनाको दोस्रो साता परेको वर्षाका कारण कान्ति लोक पथका विभिन्न स्थानमा ठूला पहिरो गएका थिए । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ र हेटौँडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू र सवारी साधनहरू प्रत्यक्ष प्रभावित बनेका थिए ।

सडक अवरुद्ध भए लगत्तै सडक डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाउने काम शुरु गरेको थियो । लामो समयको प्रयासपछि पहिरो पन्छाई सडकलाई यातायात सञ्चालन योग्य बनाइएको हो । हालका लागि उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन खुला गरिएको छ ।

यद्यपि, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ । सडकको पूर्ण क्षमतामा दुईतर्फी यातायात सञ्चालनका लागि भने थप मर्मत सम्भारको काम भइरहेको छ ।

0 Comments