१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार ६ महिनामा पूर्ण असफल, सुशासन र विकासका वाचा नारामै सीमित’ : सांसद बराल

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बर्ताका हुन् ।

सांसद बरालले सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न नसकेको भन्दै विभिन्न सूचकहरूमा सरकार चुकेको आरोप लगाए । उनले सुकुम्वासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शीताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गरे ।

‘जान्नेलाई छान्ने’ भन्दै सत्तामा आएको सरकारले आफ्ना मान्छे भर्ती गर्ने उद्देश्यले संस्थानहरूमा हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

आर्थिक क्षेत्रबारे चिन्ता व्यक्त गर्दै बरालले भने, ‘राजश्व संकलनमा गिरावट आएको छ, लगानीको वातावरण ठप्प छ र सेयर बजार ओरालो लागेको छ । सरकारले बजेट र मौद्रिक नीतिबाट अर्थतन्त्रलाई चलायमान बनाउन सकेन, जसका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको छ ।’

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभाको भ्रमणबारे टिप्पणी गर्दै सांसद बरालले भ्रमणपछिको प्रस्तुति र एआई प्रविधिको प्रयोग गरी सार्वजनिक गरिएका नाटकीय तस्बिरहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुर्‍याएको दाबी गरे ।

साथै, प्रधानमन्त्रीले महासभाको भ्रमणबारे संसद्लाई जानकारी गराउनु पर्नेमा बेवास्ता गरेको भन्दै उनले प्रधानमन्त्री संसदप्रति जबाफदेही नभएको आरोप लगाएका छन् ।

बरालले बजारमा व्याप्त महँगी, कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्न सरकारले पूर्ण असक्षमता देखाएको बताए।

उनले सरकारका वाचा र व्यवहारमा ठूलो खाडल रहेको भन्दै ६ महिनाको समीक्षा गर्दै गर्दा सुशासनका कुनै पनि सकारात्मक संकेत नदेखिएको जिकिर गरेका छन्।

0 Comments