१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अ अ+ अ-

काठमाडौँ । वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । कालीगण्डकी गाउँपालिका-२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।

उनका अनुसार उक्त सडक खण्डअन्तर्गत विशेष गरी हर्मिचौर-अर्वेनी-पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच स्थानमा ठूला ढुंगासहितको पहिरो खसेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । शाखा सडकमा खसेका पहिरो स्थानीय तहले पन्छाइरहेको भए पनि मुख्य सडकमा सडक डिभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको उनले बताए ।

“मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई‐तीन दिन लाग्न सक्छ”, अध्यक्ष थापाले भने । सडक चाँडो सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थानीय प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत पहिरोग्रस्त क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल, पोखरा आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । सदरमुकाम तम्घास आउजाउ गर्ने सेवाग्राहीसमेत मर्कामा परेका छन् ।

0 Comments