१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल आसपासका निजी स्वास्थ्य संस्थामा कडाइ गर्न निर्देशनालयलाई ताकेता

अ अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटरभित्र निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई पुनः निर्देशन दिएको छ।

यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार तत्काल कदम चाल्न ताकेता गरेको हो।

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) मा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटरभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ।

मन्त्रालयले २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित ऐन कार्यान्वयन गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन र मापदण्डअनुसार काम नभएको उल्लेख गर्दै मन्त्रालयले फेरि पत्र पठाएको हो। पत्रमा कानुन अधिकृत दानबहादुर सुनारको हस्ताक्षर छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपास निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक र प्रयोगशालालगायत दर्जनौँ स्वास्थ्य संस्था सञ्चालनमा छन्। 

तीमध्ये कतिपयले सञ्चालन अनुमति नलिएको विषय पनि उठेको छ। सरकारी अस्पतालमा कार्यरत चिकित्सकले आसपासका निजी क्लिनिकमा सेवा दिइरहेको विषयसमेत सार्वजनिक भएको छ।

मन्त्रालयको पछिल्लो निर्देशनपछि स्वास्थ्य निर्देशनालयले ३०० मिटरको दायरामा पर्ने संस्थाको पहिचान, तिनको अनुमति अवस्था र स्थानान्तरण मापदण्ड कार्यान्वयनका लागि चाल्ने कदम स्पष्ट गर्नुपर्ने भएको छ।

0 Comments