काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका एघारौँ, नवौँ र आठौँ तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले एक सूचना सार्वजनिक गर्दै नम्बर १२६/२०८३-८४ जारी गर्दै विभिन्न पदहरूमा विज्ञापन प्रकाशित गरिएको जानकारी दिएको हो।





