१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

अ अ+ अ-

महोत्तरी । प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्प दंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन् ।

असोज सङ्क्रान्तिकै दिनदेखि एक साताको प्रचण्ड गर्मी, त्यसपछि चार दिनको निरन्तर वर्षा र फेरि अचाक्ली घामको रापले सर्प दंशका घटना बढेको हो ।

गर्मीमा शीतल खोज्न र वर्षामा दुलोभित्र पानी पसेपछि सर्प बाहिर निस्कन्छन् । यस्तो बेला सर्प दंशका घटना बढ्ने गरेको नेपाली सेनाका स्वास्थ्य प्राविधिक बताएका छन् ।

“लाग्दो असोजसँगै बिरामी आउने क्रम बढेको छ, यो महिना सुरु भएसँगैको प्रचण्ड गर्मी, त्यसलगत्तै चार दिनको वर्षा र फेरि प्रचण्ड गर्मी बढेको छ”, उपचार कार्यमा खटिएका सेनाको स्वास्थ्य प्राविधिक टोलीका इञ्चार्ज किंकाङ चौधरी भन्छन् , “अचाक्ली गर्मी र पानी परेपछि सर्प दंशका घटना बढ्छन् ।” केन्द्रका शय्या बिरामीले भरिएका छन् । यहाँको उपचार नेपाली सेनाका चार जना प्राविधिकले धानेका छन् ।

यहाँ निरन्तर दक्ष चिकित्सकको माग जनस्तरबाट उठ्दै आए पनि केन्द्रले अहिलेसम्म यसको प्रबन्ध गर्न सकेको छैन । कतैबाट चिकित्सकको प्रबन्धमा सहयोग नपाएपछि यिनै प्राविधिकको भरमा उपचार धानिएको सर्प दंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । केन्द्रले उपचार सेवालाई निरन्तरता दिन कहिलेकाहीँ औषधि (एन्टीस्नेक भेनम)को अभाव खेप्नु परेको छ ।

विसं २०७१ साउन ३१ गते विधिवत् सञ्चालनमा आएको केन्द्रले यसपालि औषधिकै अभावले उपचार दिन असमर्थता जनाउँदै सूचना नै टाँस गर्नुपरेको थियो । “कति ठाउँ चाहार्‍यौँ, एन्टीस्नेक भेनम भाइल पाउन सकिएन, बाध्य भएर सेवा बन्द भएको सूचना टाँस्नुपर्‍यो”, गत भदौ मसान्तका दिन साँझपखको घटना सम्झँदै देवकोटा भन्छन्, “त्यसपछि समाचार आए, स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण भयो, तत्काल औषधिका भाइल उपलब्ध भएपछि हामीले तेस्रो दिन नै सेवा सञ्चालन गर्न सक्यौँ ।”

केन्द्रले सूचना टाँस गरे लगत्तै असोज २ गते स्वास्थ्य सेवा विभागबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा अमृत पोखरेल नेतृत्वको टोलीले केन्द्रको अनुगमन गर्नसँगै औषधि निरन्तर उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएपछि त्यसै दिन सेवा सञ्चालन गरिएको हो । केन्द्रमा दक्ष चिकित्सक र भेन्टिलेटर सुविधासहितको उपचार प्रबन्ध नहुँदा गम्भीर प्रकृतिका बिरामी देख्नासाथ केन्द्रले प्रादेशिक अस्पताल जनकपुर र अन्य साधन सम्पन्न अस्पताल लैजान भन्ने गरेको छ ।

“हामीकहाँ दक्ष चिकित्सक र आवश्यक उपचार संशाधन पर्याप्त छैनन् त्यसैले जटिल प्रकृतिका बिरामीलाई रोकेर ज्यान जोखिममा पार्न सकिन्न”, केन्द्र सञ्चालक समितिका सचिव ध्रुव विष्ट भन्छन्, “यसबारे नगर नेतृत्व र नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले पहलकदमी लिनुपर्छ ।”

बर्दिबास नगरप्रमुख र नगर कार्यपालिकाको कार्यालयले बर्दिबास नगर अस्पतालकै चिकित्सकमध्ये कसैलाई केन्द्रमा खटाएर तत्कालको आवश्यकता सम्बोधन गर्नपर्ने विष्टको धारणा छ ।

केन्द्रमा एक जना दक्ष चिकित्सकको आवश्यकताबारे बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री पनि जानकार छन् । “केन्द्रमा दक्ष चिकित्सक चाहिन्छ, सर्प दंश उपचार केन्द्र सञ्चालक समितिसँग समन्वय गरेर यसबारे चाँडै प्रबन्ध गरिन्छ”, क्षेत्रीले भने ।

उपचारमा संलग्न सेनाका प्राविधिक खटाउने नेपाली सेनाको परिकौलीस्थित श्री गोरखनाथ गणले पनि दक्ष चिकित्सक नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या हुने जनाएको छ ।

विषालु सर्पको पाइने यो क्षेत्रमा दिनदिनै सर्प दंशले मान्छे मर्न थालेपछि समुदाय स्तरको प्रयत्नबाट गौरी डाँडामा सर्प दंश उपचार केन्द्र सञ्चालनमा आएको हो । स्थापनाकालदेखि हालसम्म केन्द्रले ३३ हजार बढी सर्प दंशका बिरामीको सफल उपचार गरिसकेको अभिलेखबाट देखिन्छ ।

केन्द्रमा महोत्तरी, धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुंगा र रामेछाप जिल्लाका बिरामीले बाक्लो उपचार सेवा लिँदै आएका छन् । समय क्रमसँगै केन्द्रमा थप एक जना दक्ष चिकित्सक चाहिने सबैतिरबाट माग बढेको छ ।

0 Comments