१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु

अ अ+ अ-

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्रा. डा. धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताए ।

दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । यस सेवाबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सहज हुने छ ।

प्रतिष्ठानका निर्देशक डा. विनम्र विष्टले सेवाको सुरुआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट ‘रेफर’ भएर आउने बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन थप सहज हुने बताए ।

दुर्गम तथा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने क्षेत्रका नागरिकलाई आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकीय परामर्श तथा सेवा उपलब्ध गराउन टेलिमेडिसिनले सहयोग पुग्ने छ । प्रतिष्ठानका अनुसार आज जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।\प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

0 Comments