१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

अ अ+ अ-

काठमाडौँ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङ भन्सारमा रोकिएका छन् । 

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी-जोमसोम-कोरला खण्डको ४६ स्थानमा बाढी पहिरो र नदी कटानले क्षति पुर्‍याएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिए । 

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” भन्सार प्रमुख चुडालले भने, “भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।” 

तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले बताए । 

भारी वर्षा अघि मालसामान ढुवानी गर्न कोरलानाका पुगेका मालवाहक कन्टेनर भन्सार जाँचपास प्रक्रिया सकेपनि सडक अवरुद्ध भएकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी यार्ड क्षेत्रमा रोकिएका प्रमुख चुडालले जानकारी दिए। 

“सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्”, उनले भने, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाले गर्दा तल झर्न सकिरहेका छैनन् ।”

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व संकलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताए । उनका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व संकलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् । 

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

जोमसोम–कोरला सडक सञ्चालन 

वर्षाका कारण अवरुद्ध बनेको जोमसोम–कोरला खण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कालीगण्डकी करिडोर, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड गाउँपालिका र सुरक्षा निकायको पहलमा पहिरो पन्छाउने तथा सडक सफा गर्ने काम गरिएसँगै पाँच दिनपछि आवागमन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार पर्वत मालढुंगाबाट म्याग्दीको बेनीसम्म पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण-३ रुप्सेसम्म २५ र मुस्ताङको काभ्रेभीरबाट कोरलानाकासम्म १६ स्थानमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार मालढुंगाबाट गलेश्वरसम्म र म्याग्दीको दानाबाट कोरलानाकासम्मको सडक मर्मतसम्भारपछि सञ्चालनमा आइसकेको छ ।

अवरुद्ध कोरलाको म्याग्दी खण्डको सडक मर्मत तथा स्तरोन्नति कार्य थप जटिल र चुनौतीपूर्ण रहेको आयोजना प्रमुख तेजश्वी शर्माले उल्लेख गरिन् । भारी वर्षाका कारण आएको बाढी पहिरोले म्याग्दी रघुगंगाको सडक तथा बैसरी-१, २, ३ र सिरुवारी खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले जानकारी दिइन्।

यसैगरी, म्याग्दी खण्डको तातोपानी-पोखरेबगर जोड्ने पक्की पुलको एप्रोज बाढीले बगाएको उनले जानकारी दिइन् । बाढीपहिरोले तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे, महभीरलगायत स्थानका सडकमा क्षति पुर्‍याएले मर्मत गरी सञ्चालनमा ल्याउन केही समय लाग्ने उनले बताइन् । सडक उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ ।

0 Comments