१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का मनोनीत ३३ जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

एमालेको असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधानमा रहेको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्थाअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीतमध्ये १३ जना अन्य पार्टीबाट एमालेमा आएका नेता छन्।

यी हुन् मनोनीत केन्द्रीय सदस्य
पार्टीबाट मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला छन्।

त्यस्तै, अन्य पार्टीबाट एमालेमा समायोजन भएर केन्द्रीय सदस्यमा मनोनीत हुनेमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अन्सारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट छन्।

स्थायी कमिटीमा सात जना
सोही केन्द्रीय कमिटी बैठकले सात जनालाई स्थायी कमिटी सदस्यमा समेत चयन गरेको थियो।

स्थायी कमिटीमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन्।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको थियो।

0 Comments