१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको निर्देशन : ‘धक्का खाए पनि दुई तिहाइको लक्ष्यमा पुग्न सकिन्छ, अहम् त्यागेर पार्टीको उद्देश्यमा केन्द्रित हुनुस्’ 

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका छन् । 

शुक्रवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र ‘रियलाइजेसन’ (बोध) को आवश्यकता रहेको बताए । 

रियलाइजेसन भनेको केवल आत्मालोचना मात्र नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप भएको जिकिर गरे । सत्यलाई आत्मसाथ गर्नसके मात्रै लडेको ठाउँबाट फेरि उठ्न सक्षम हुने बताए । 

अध्यक्ष ओलीले हाल पार्टीले बेहोरेको धक्का स्वाभाविक भएको भन्दै त्यसबाट विचलित नहुन कार्यकर्तालाई आग्रह गरे । 

उनले आफ्नो दल पहिलेको ‘दुई–तिहाइ’ को नजिक पुगेको स्मरण गर्दै त्यो नै अन्तिम गन्तव्य नभएको स्पष्ट पारे । 

अध्यक्ष ओलीले भने, ‘हाम्रो पार्टी महान् उद्देश्यका साथ अघि बढिरहेको छ । त्यसैले सानातिना कुरा, इगो र अनावश्यक विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौँ । हामी तिहाइको अवस्थामा पुगेका थियौँ । तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन । त्यस अवस्थमा रियलाइजेसन हुनुपर्छ-आफू को हौँ, हाम्रो उद्देश्य, कर्तव्य, अनुशासन र जिम्मेवारी के हो भन्ने बुझाइ हुनुपर्छ । त्यससँगै रिजिलियन्स अर्थात् धक्का खाए पनि फेरि उठ्ने र अझ बलियो भएर अघि बढ्ने क्षमता विकास गर्नुपर्छ । हामी विगतमा दुई तिहाइको अवस्थामा पुगेका थियौँ । तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन । त्यस अवस्थालाई आधार बनाएर अझ ठूलो उद्देश्यतर्फ अघि बढ्नु हाम्रो लक्ष्य हो । अब केन्द्रिय सदस्यका रूपमा प्राप्त जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्दै आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सफलतापूर्वक अघि बढ्नुहोस् भन्ने विश्वास लिएको छु ।’

नवनियुक्त सदस्यहरूलाई पार्टीको जिम्मेवारी बोध गराउँदै अध्यक्ष ओलीले दत्तचित्त भएर जनताको काममा लाग्न निर्देशन दिए । उनले आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण सामर्थ्य र बुद्धि लगाउन आह्वान गर्दै पार्टीको भविष्य कार्यकर्ताकै निष्ठामा निर्भर रहेको बताए ।

0 Comments