१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

अ अ+ अ-

बनेपा (काभ्रेपलाञ्चोक) । यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ ।

व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा-आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन् । यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अर्घ्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिए । उनका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन् ।

“आज व्रतालु बिहानै स्नान गरी रातो वा पहेँलो वस्त्र र १६ शृङ्गारमा सजिएर पूजा मण्डपमा चामलका १६ वटा साना थुप्रा(बिरकुटी) बनाउँछन् । हरेक थुप्रामा एक(एक वटा सुपारी, सिक्का, दुबो र मीठा पकवान (मालपुवा वा खिर) राखेर महालक्ष्मीको स्वरूप मानी पूजा गरिन्छ । त्यसपछि प्रथम दिन बाँधिएको १६ गाँठो भएको पवित्र धागो फुकाएर माताको चरणमा चढाउने र पछि घरको ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ”, पुराणवाचक सुवेदीले भने ।

उनका अनुसार अन्तिम दिन श्रद्धापूर्वक व्रत कथा सुनेर हवन गर्ने, साँझपख चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अर्घ्य अर्पण गर्ने परम्परा छ । त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिँदै महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि यो व्रत सम्पन्न हुने उनले जानकारी दिए।

छ वर्षदेखि निरन्तर महालक्ष्मी व्रत बस्दै आएकी बनेपाकी स्थानीय प्रमिला खड्काले १६ दिनसम्म नियमपूर्वक छुट्टाछुट्टै १६ वटा सामग्री राखेर महालक्ष्मीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले आफूले व्रत गरेको बताए। यस अवसरमा महालक्ष्मी अष्टकम् पाठ गर्नाले घरको दरिद्रता नाश भई सुख, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वास रहिआएको उनले बताए । 

भगवान् शंकरले भगवती पार्वती र देवराज इन्द्रलाई महालक्ष्मीको व्रत तथा पूजा-आराधना गर्न भनेपछि उनीहरूले यो व्रत गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पुराणवाचक सुवेदीले बताए।

0 Comments