१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

अ अ+ अ-

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्र सेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहत स्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो ।

समाजका अध्यक्ष उदयबहादुर राना मगरका अनुसार गत भदौ १० गते गएको विनाशकारी भोटेकोसी बाढीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्यांकका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

“राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो”, अध्यक्ष राना मगरले भने, “यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।”

समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्र सेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । बाढीबाट प्रभावित भएकामध्ये ११ जना व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाँकीलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए । राहत उपलब्ध गराउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु. दुई लाख ९० हजार सङ्कलन गरिएको थियो । उक्त रकममा समाजको कोषबाट रु. दुई लाख थप गरेर जुटाएर प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको समाजका सदस्य प्रकाश सिलवालले जानकारी दिए ।

नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

0 Comments