१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित

अ अ+ अ-

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला स्थित प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ७ बजेसम्मको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। साउन १० गतेदेखि अवरुद्ध ती राजमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विवरणमा उल्लेख छ।

यस्तै, मनाङमा असोज १८ गते बाढी आएका कारण बेशीसहर हुँदै खाङसारसम्म जाने सडक खण्ड एकतर्फी भएको छ।   

म्याग्दीको  वेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेवगरमा पहिरोको कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।  

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ घुमाउरी घाटमा पहिरोले प्रभावित कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा असोज १० गते बिहान ११ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको थियो। 

त्यसैगरी, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा एकतर्फी आवागमन भए पनि ठूला सवारीसाधन जान नसक्ने अवस्था रहेको प्रहरीको विवरणमा उल्लेख छ। उक्त सडक असोज १४ गते अपराह्न ४ बजेर ४५ मिनेटदेखि पहिरोका कारण प्रभावित भएको थियो।

0 Comments