१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीको सीप तथा रोजगार मेला : स्थानीय तहमै पुगेर युवालाई रोजगारीमा जोड्ने पहल

अ अ+ अ-

काठमाडौँ। इटहरीमा जारी सीप तथा रोजगार मेलाको अवसर स्थानीय तहसम्म विस्तार गर्न रोजगार मिलान कार्यक्रम सञ्चालन गरिएको छ। 

यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको टोली र अरियन्ट कम्पनीका मानव संसाधन विभाग प्रमुख उदयपुरको बेलका नगरपालिका पुगेर स्थानीयलाई रोजगारीमा जोड्ने कार्यक्रम गरेका छन्।

‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजित मेलामा सहभागी हुन ग्रामीण क्षेत्रका युवालाई सहजीकरणसमेत गरिएको छ। सीप सिक्न तथा रोजगारीमा जोडिन इच्छुक देवानगञ्ज, बर्जु, इनरुवा र रंगेलीलगायत क्षेत्रका युवालाई इटहरीस्थित मेला स्थलसम्म आउन सहजीकरण गरिएको हो।

स्थानीय तहसम्म रोजगारको अवसर
रोजगार मिलान कार्यक्रममार्फत कोशी प्रदेशका जिल्ला तथा स्थानीय तहसम्म रोजगारीका अवसर पुर्‍याउने उद्देश्य राखिएको छ। बेलकामा गरिएको कार्यक्रम पनि स्थानीयस्तरमै पुगेर रोजगारी खोजिरहेका व्यक्तिलाई रोजगारदातासँग जोड्ने पहलअन्तर्गत सञ्चालन गरिएको हो।

मेलास्थलसम्म पहुँच बढाउन गरिएको सहजीकरणले ग्रामीण क्षेत्रका युवालाई सीप सिक्ने र रोजगारीका अवसर खोज्ने कार्यक्रममा सहभागी हुने बाटो उपलब्ध गराएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलको प्रांगणमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। मेला असोज २० गतेसम्म चल्नेछ।

0 Comments