१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई विश्वप्रकाशको प्रश्न : नयाँ सरकार बन्दा पनि जनतालाई विश्वासमा किन लिन सकिएन ? 

अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार गठनपछि पनि नागरिकको आक्रोश नघटेको भन्दै जनतालाई विश्वासमा लिन नसक्नुको कारण खोज्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा एक अर्कामाथि प्रहार गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाएका छन्।

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराउँदै शर्माले फागुन २१ को निर्वाचनपछि बनेको सरकारले समेत नागरिकको असन्तुष्टि सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।

‘नयाँ सरकार बन्दा पनि आवेगलाई किन विश्वासमा लिन सकिरहेका छैनौँ ? किन सामाजिक सञ्जालमा एकले अर्कालाई प्रहार गर्ने कुरामा आनन्दित छौँ ? हरेक मान्छे रिसाएको छ। हरेक मान्छे असन्तुष्ट र आक्रोश छ,’ उनले भनेका छन्।

संविधान संशोधनमा संसद्बाहिरका दललाई पनि समेट्न आग्रह
शर्माले संविधान संशोधनलाई सत्ता र प्रतिपक्षको चाहना वा संसद्को सङ्ख्यात्मक समीकरणमा सीमित गर्न नहुने बताएका छन्। संशोधन प्रक्रियामा अहिले संसदमा नरहेका दललाई पनि साथ लिनुपर्ने उनको भनाइ छ।

‘संविधान संशोधनको विषय संसद्को गणितको विषय मात्रै बन्नुहुँदैन। संविधान संशोधन गरिरहँदा या संविधान लेखन गरिरहँदा त्यो केवल गणितको विषय बन्दैन, त्यो समग्रताको भावना र अपनत्वको विषय बन्नुपर्छ,’ उनले भनेका छन्।

संविधान जारी भएको दश वर्षपछिको मूल्यांकन संविधानले परिकल्पना गरेबमोजिम अघि बढाउन सरकारलाई साथ दिने उनले बताएका छन्।

जेन जेडका मुद्दा सम्बोधनमा समर्थन
शर्माले जेन जेड आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्दै युवाको भावनालाई सम्मान गरेर अघि बढ्ने प्रयासमा काँग्रेसको साथ रहने बताएका छन्। उनले नयाँ सरकार बनेपछि पनि कायम नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

0 Comments