१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकार आन्दोलनबाट होइन, निर्वाचनबाट फेरौँ’ : रवि लामिछाने

अ अ+ अ-

काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनको बाटो निर्वाचन हुनुपर्ने बताएका छन्। सडक आन्दोलनबाट सरकार ढाल्ने प्रयासको विरोध गर्दै उनले लोकतन्त्र बलियो बनाउन मतदाताले दिएको जनादेशको सम्मान गर्न आग्रह गरेका छन्।

काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सरकारको कामको मूल्याङ्कन गर्ने र अर्को निर्वाचनमा निर्णय लिने अधिकार जनतामा रहेको बताएका छन्।

‘हामीलाई विस्थापित गर्ने अचूक उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौँ,’ उनले भनेका छन्।

निर्वाचन प्रक्रियामाथिका टिप्पणीप्रति आपत्ति

लामिछानेले निर्वाचनको नतिजा, सुरक्षामा खटिने निकाय र समग्र चुनावी प्रक्रियामाथि गरिने टिप्पणीप्रति आपत्ति जनाएका छन्। सुरक्षा निकाय वा विदेशी हस्तक्षेपको आरोप लगाएर जनादेशलाई अवमूल्यन गर्न नहुने उनको भनाइ छ। ‘सार्वभौम नेपाली जनताको मतको सम्मान गर्नुपर्छ,’ उनले भनेका छन्।

उनले आफ्नो दल र नेतृत्वप्रति नागरिकले देखाएको भरोसासँगै केही स्थानमा व्यक्त भएको मतदाताको असन्तुष्टि पनि महसुस गरेको बताएका छन्।

काँग्रेस र बिपी कोइरालाका अनुयायीलाई सम्बोधन गर्दै लामिछानेले काँग्रेसलाई एक कार्यकाल प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्। रास्वपाले काम गर्न नसके अर्को निर्वाचनमा जनताले पराजित गर्नु नै लोकतान्त्रिक अभ्यास हुने उनले बताएका छन्।

काम गर्न नसके आफ्नै दलमाथि प्रश्न उठाउने प्रतिबद्धता
लामिछानेले रास्वपाका सदस्य र कार्यकर्तालाई पनि पार्टीको कामप्रति जबाफदेही हुन आग्रह गरेका छन्। पाँच वर्षमा जनताको अपेक्षाअनुसार काम गर्न नसके आफ्नै सदस्यतामाथि प्रश्न उठाउने आँट राख्नुपर्ने उनको भनाइ छ।

‘यदि रास्वपाले पाँच वर्षमा जनताको अपेक्षाअनुसार काम गर्न सकेन भने सबैभन्दा पहिले आफ्नै सदस्यतामाथि प्रश्न उठाउने आँट हामीले राख्नुपर्छ,’ उनले भनेका छन्।

आन्दोलन र अस्थिरताको राजनीतिले निकास नदिने जिकिर गर्दै उनले निर्वाचनको अभ्यास र जनमतको सम्मानबाट लोकतान्त्रिक संस्कार बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

0 Comments