काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्दै छ । बैठक महाधिवेशन स्थल खुलामञ्चमै बस्नेछ । काँग्रेस प्रवक्ता देवराज चालिसेले बैठकमा पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको बन्द सत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुनेछ ।
आज र भोलि बन्द सत्रको कार्यक्रम छ । बन्द सत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको बताइएको छ ।



