१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान खेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

अ अ+ अ-

बाँके । बाँकेमा फल लाग्ने बेला धान खेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् ।  अचानक धान खेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए । “धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ”, बुढाथोकीले भने ।

यस पटक धानको उत्पादन बढ्ने आशा गरेकामा अहिले पाक्ने बेलामा रोगको सङ्क्रमणले उत्पादन घट्ने उनको भनाइ छ । रोगबारे वडा कार्यालय र गाउँपालिका कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रयास नभएको उनले गुनासो गरे ।

बुढाथोकीको जस्तै समस्या नेपालगञ्ज–१९ सुइयागाउँका ललवा माहुतको धान खेतीमा पनि देखिएको छ । फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले ढलाएको धानमा अहिले रोगको पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले कतिपय धान खेतमा रोगको सङ्क्रमण भएको सूचना आए पनि क्षतिको विवरण यकिन हुन नसकेको बताए । 

 उनले पालिका स्तरबाट रोग सङ्क्रमणको अवस्था र क्षतिका बारेमा सूचना संकलन गर्ने काम भइरहेको जानकारी दिए । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले बताए ।

0 Comments