१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटनापछि चालकको साथमा भेटियो पेस्तोल, प्रहरीले लियो नियन्त्रणमा

अ अ+ अ-

काठमाडौँ। सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

कबिलासी नगरपालिका-३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरलाई सिक्सर पेस्तोलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असोज १९ गते राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेका ठाकुरले चलाएको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल कबिलासी–३ मदनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जाँच गर्ने क्रममा उनको साथबाट एक थान सिक्सर पेस्तोल फेला परेको हो।

प्रहरीले पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएको जनाएको छ। उक्त हतियारको स्रोत, प्रयोजन तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments