काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार दिएका हुन्।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका भ्रमणमा छन्। परराष्ट्रमन्त्री खनाल भने प्रि-कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी भ्रमणमा छन्।



