८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा

अ अ+ अ-

पार्टी नछाडेको खनालको स्पष्टोक्ति, कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन र वाम एकतामा जोड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले समाजवादी जागरण अभियानको औपचारिक घोषणा गरेका हुन्।

खनाल नेतृत्वको अभियानको पहिलो भेलाले विभिन्न विषयमा १५ वटा प्रस्ताव पारित गरेको छ। ती प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय नीति पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।

अभियानले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता, वैचारिक–राजनीतिक पुनर्गठन तथा नेपाली विशेषताको समाजवादका विषयमा बहस अघि बढाउने उद्देश्य राखेको छ।

यसैबीच, खनालले आफूले नेकपा परित्याग नगरेको स्पष्ट पारेका छन्। उनले पार्टीमै रहेर समाजवादी जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन्। उनका स्वकीय सचिव कृष्ण भट्टराईले समेत खनालले पार्टी परित्याग नगरेको र पत्रकार सम्मेलनमा पनि पार्टी छाडेको घोषणा नगरेको स्पष्ट पारेका छन्।

*सच्याइएको: यसअघि प्रशासन डटकममा प्रकाशित यस समाचारमा झलनाथ खनालले नेकपा परित्याग गरी समाजवादी जागरण अभियान घोषणा गरेको भन्ने आशय पर्न गएको थियो। खनालले आफूले पार्टी परित्याग नगरेको स्पष्ट पारेपछि उक्त विवरण सच्याइएको छ।

0 Comments