२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यक छ’-विमल कोइराला

अ अ+ अ-

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोइरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताएका छन् ।

सोमवार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन् । उनले नागरिक समाज सरकारको निरन्तर निगरानी गर्ने र नागरिकका आवाज राज्यसम्म पुर्‍याउने संस्थाका रूपमा स्थापित हुनुपर्ने बताए ।

नेपालमा नागरिक समाज कुनै समय राजनीतिक दललाई समेत खबरदारी र निर्देशन गर्न सक्ने हैसियतमा रहे पनि पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाका कारण कमजोर हुँदै गएको उनको भनाइ थियो । कोइरालाले नागरिक समाजमा आबद्ध व्यक्तिहरूले संस्थालाई राजनीतिक पद वा नियुक्ति प्राप्त गर्ने माध्यम बनाउने प्रवृत्तिका कारण नागरिक समाजले उठाउनुपर्ने वास्तविक मुद्दा ओझेलमा परेको बताए ।

उनले नागरिक अभियानमा संलग्न संस्थाले सरकारसँग पारदर्शिता र जबाफदेहिताको माग गर्दा आफू पनि पारदर्शी र जबाफदेही हुनुपर्ने बताए । नागरिक अभियान ठूलो त्यागको संस्था भएको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास र समर्थन निरन्तर कायम राख्न सरकार जनउत्तरदायी हुनुपर्ने उनले बताए ।

उनले भने, ‘चौथो अंग भनेर हामीले प्रेसलाई मान्छौँ । लोकतन्त्रको सफलता त्यहाँको प्रेसको स्वतन्त्रतालाई मापन गरेर पनि हेर्न सकिन्छ । त्यस पछिको पाँचौँ शक्ति भनेको नागरिक शक्ति हो, नागरिक अभियान हो । डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन । यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ । सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ ।’

सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उनले बताए । नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई अपमान गर्ने अवस्था आएमा संगठित नागरिक अभियान आवश्यक हुने उल्लेख गर्दै कोइरालाले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पुर्‍याउनुपर्ने बताए । 

0 Comments