२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको मनोनयन दर्ता समय दुई घण्टा थप, अब साँझ ६ बजेसम्म

काँग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थपिएको छ। यसअघि अपराह्न ४ बजेसम्म रहेको समयसीमा निर्वाचन समितिले साँझ ६ बजेसम्म पुर्‍याएको हो।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि अपराह्न ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरेको हो।

निर्वाचन समितिले विस्तारित समयभित्र उम्मेदवारी दर्ता गराउन केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ।

यसअघि निर्वाचन समितिले मंगलबार दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

राष्ट्रिय सभागृहमा जारी छ मनोनयन
काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भइरहेको छ। विभिन्न पदका आकांक्षीले मनोनयन फाराम लिएर उम्मेदवारी दर्ता गराइरहेका छन्।

महाधिवेशनबाट काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीनसहित नयाँ संरचनामा नेतृत्व चयन हुन लागेको हो।

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन समितिले मनोनयन प्रक्रियामा देखिएको चाप र आवश्यक प्रक्रियालाई ध्यानमा राख्दै अपराह्न ४ बजेको समय सीमालाई दुई घण्टा विस्तार गरी साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको अवसर दिएको हो।

0 Comments