२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी, निरन्तरताका लागि फेरि प्रतिस्पर्धामा

विशेष महाधिवेशनबाट काँग्रेसको नेतृत्वमा पुगेका गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। यससँगै सभापतिमा दुई जनाको मनोनयन परेको छ भने किशोरसिंह राठौरले पनि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका थापाले मंगलबार १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा मनोनयन दर्ता गराएका हुन्। काँग्रेसको आधिकारिक वेबसाइटमा समेत थापालाई हालको सभापतिका रूपमा उल्लेख गरिएको छ। नेपाली काँग्रेस थापाको उम्मेदवारीमा कृष्ण बानियाँ, देउकुमार थेवे र करुणा कटुवाल प्रस्तावक रहेका छन्। सुसन वैद्य, गोमा राई र मनोज भट्ट समर्थक छन्।

सभापतिमा दोस्रो उम्मेदवारी
थापाअघि श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्। खड्गीले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिमा पुगेर मनोनयन दर्ता गराएका थिए।

यससँगै सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ। काँग्रेस नेता किशोरसिंह राठौरले पनि सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। मंगलबार बिहान पत्रकार सम्मेलनमार्फत उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मनोनयन दर्ता भइरहेको छ। सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।

विशेष महाधिवेशनबाट प्राप्त नेतृत्वलाई नियमित महाधिवेशनबाट निरन्तरता दिने प्रयासमा थापा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सभापतिमा थप उम्मेदवारी परेपछि नेतृत्व चयन अब महाधिवेशन प्रतिनिधिको मतबाट टुंगिनेछ।

0 Comments